काठमाडौं । व्यवसायमा खासै ग्रोथ नदिएता पनि जीवन बीमा कम्पनीहरू नाफामा चमत्कारिक सुधार गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरूले व्यापार शून्य दशमलव ६८ प्रतिशत मात्रै बढाएका हुन् ।
त्यसो त गत वर्षको असोज मसान्तसम्ममा १४ कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने सामान्य बढेर ४१ अर्ब ८ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
गत आवको सोही अवधिमा भने १ अर्ब ६२ करोड २० लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
आर्थिक शिथिलता अझै पनि कायमै रहेका कम्पनीहरुको व्यापार वृद्धिदर सामान्य नै छ । तर, कम्पनीहरुको नाफा भने सकरात्मक सुधार देखिएको हो । हाल संचालनमा रहेका मध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको मात्रै नाफा घटेको छ । यी बाहेकका सबै कम्पनीहरुको नाफामा बढोत्तरी देखिएको छ ।
यसरी समीक्षा अवधिमा सर्वाधिक नाफा हिमालयन लाइफले कमाएको छ । कम्पनीले तीन महिनामै २५ करोड ३७ लाख कमाएको छ । यद्यपि, यो गत वर्षको तुलनामा ५.१२ प्रतिशत मात्रै धेरै हो । व्यापारमा नम्बर वान कहलिएको नेपाल लाइफसहित अन्य सबै कम्पनीहरुलाई पछि पार्दे हिमालनले उच्च नाफा आर्जन गरेको छ ।
नाफा रकमको आधारमा दोस्रो स्थानमा नेपाल लाइफ छ । कम्पनीले तीन महिनामा २० करोड ५४ लाख कमाएको छ ।
तर, वृद्धिदरमा भने सिटिजन लाइफको पहिलो सूचीमा छ । कम्पनीको नाफा ८३.१५ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ पुगेको छ । यस्तै, दोस्रो सूचीमा रहेको रिलायवल नेपालको पनि ४२.०७ प्रतिशत बढेर १९ करोड ९३ लाख कायम भएको छ । रकमको आधामार भने यो कम्पनी तेस्रो सूचीमा छ ।
सर्वाधिक नाफा बढाउनेको तेस्रो स्थानमा रहेको एशियन लाइफले पनि १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा ६६.९८ प्रतिशत धेरै हो ।
समिक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा ३५.४५ प्रतिशत, प्रभूको २५.७४ प्रतिशत, सानिमा रिलायन्सको १९.९३ प्रतिशत र आइएमई लाइफको ११.२१ प्रतिशत बढेको छ ।
यी बाहेकका अन्य कम्पनीको नाफा वृद्धिदर एकल अंकमा छ । समिक्षा अवधिमा नेशनल लाइफको नाफा ६.२४ प्रतिशत, मेट लाइफको ४.३, सूर्यज्योतिको २.५१ प्रतिशत र सन नेपालको ०.४९ प्रतिशत वृद्धि भएको छ । तर, राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ९४ प्रतिशत घटेको छ ।
स्मरण रहोस् गत आवको सोही अवधिमा भने १ अर्ब ६२ करोड २० लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ६ : ४९ बजे
प्रतिक्रिया