काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरू सजक हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै राजावादीहरूले जनतामा फैलिएको असन्तुष्टिलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमनतर्फ लैजाने प्रयास पनि सफल हुन नदिने बताउनुभयो।
उहाँले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने बताउनुभयो। आफू मिठा कुरामा चिप्लिदा मुलुकको राजनीतिक अवस्था जटिल भएको तर्फ आफू जानकार रहेको उहाँको भनाइ छ । उहाँले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्र्फट महशुस गरेको बताउनुभयो।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ३ : २६ बजे
प्रतिक्रिया