राष्ट्रपति भवनमा घटस्थापना

एमाले काभ्रेमा अध्यक्ष र उपसचिवमा  सर्वसम्मत, अरू पदमा निर्वाचन हुने 

काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनको बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा निर्वाचन हुने भएको छ । 

बन्दसत्रले एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । यसै गरी बन्द सत्रले जिल्ला सदस्हरुमा एकता प्रकृयाबाट आएकाहरुका लागि छुटाइएको पदहरुमा सर्वसम्मती जुटाएको छ । बन्दसत्रले संझना गरियार, रमेश नेपाली, मोहन भुजेल, रामकुमार तामाङ,  कुलदेव अस्तानी, नेत्रप्रसाद गौतम, नारायण गौतम, शुर्दशन थापा र राजेन्द्र केसी,निरध्वोज लामा र मोहन गजुरेललाई जिल्ला सदस्य बनाउने विषयमा सर्वसम्मती जुटाएको छ । 

बाँकि पदहरुमा  सहमति जुटाउने प्रयास जारी छ । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जाने काभ्रे एमालेको तयारी छ । 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : १९ बजे