‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हाफ म्याराथनको उपाधि नेपाल आर्मीका गजेन्द्र राईलाई

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारामा सम्पन्न चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथनको उपापध नेपाल आर्मीका गजेन्द्र राईले जितेको छन् । उपाधिसँगै उनले ४४ हजार चार सय ४४ रुपैयाँ हात पारेका छन् । सिन्धुपाल्चोकको ऐतिहासिक क्षेत्र साँगाचोकगढीदेखि सुरु भएको म्याराथन मानेडाँडा, जल्किने, ईर्खु ,चौतारा हुँदै ब्याङ्चेपानी पुगेर गौरति भीमसेन मन्दिर परीक्रमा गरी टुडिखेल आएर पस्रा भएको थियो । निर्धारित २१ किलोमिटर दुरी एक घण्टा ३६ मिनेट १२ सेकेण्ड मा पुरा गर्दै राई पहिलो भएका हुन् ।

दोश्रो र तेश्रो स्थानका श्रीकास राई र नवराज साउदले क्रमशः एक घण्टा ३६ मिनेट २४ सेकेण्ड र एक घण्टा ३८ मिनेट ११ सेकेण्डमा पुरा गरे । दोस्रो हुनेले २२ हजार दुई सय २२, तेस्रो हुनेले ११ हजार एक सय ११ प्राप्त गरेका छन् । चौथो स्थान एक घण्टा ४१ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्दै रामजी बस्नेतले पाँच हजार पाँच सय ५५ रुपैयाँ हात पारेका छन् ।

यसैगरी, महिलातर्फ आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । उनले एक घण्टा ५६ मिनेट पाँच सेकेण्डमा दौड पूरा गरिन् । उपाधिसँधै उनले नगद ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त गरिन् । यस्तै, महिलातर्फ दोस्रोमा हुमी बुढामगर र तेस्रो स्थान निर्मला राई भइन् ।

उनीहरूले क्रमशः दुई घण्टा १३ मिनेट १७ सेकेण्ड र दुई घण्टा २० मिनेट आठ सेकेण्डमा दौड पूरा गरे । यस्तै, ४०–५९ वर्षसम्मको भेट्रान्स महिलातर्फ राधा श्रेष्ठ प्रथम, उमाकुमारी दंगाल गौतम दोस्रो र सुष्मा पाण्डे तेस्रो भइन् । ४०–५९ वर्ष सम्मको भेट्रान्स पुरुषतर्फ भीमबहादुर गुरुङ प्रथम, धर्म महर्जन दोस्रो र दामोदर बुढामगर तेश्रो भए ।

यसैगरी, सुपर भेट्रान्सतर्फ राम कृष्ण महर्जन पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो तथा गोविन्द सिलवाल तेश्रो भएका छन् । सिन्धुपाल्चोक जिल्लातर्फ पिपलडाँडाका शीव कुँवर पहिलो बने । प्रतियोगितामा सहभागी हुन सिन्धुपाल्चोकसँगै काठमाडौं, ललितपुर, भक्तपुर, गुल्मी, स्याङ्जा, भोजपुर, बर्दिया, कालीकोट, प्युठान लगायत ३० जिल्लाका एक सय ७० खेलाडी चौतारा साँगाचोकगढी नगरपालिकामा आएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ५ : २३ बजे