‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप ९४४ जनामा कोरोना सङ्क्रमण : काठमाडौं उपत्यकामा एकै दिन थपिए ४८१ सङ्क्रमित

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा मुलुकभर थप ९४४ जना मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २४८ जनाको जनाको पोजेटिभ संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९७ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकाका मात्र ४८१ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३६२ भक्तपुरमा २५ र ललितपुरमा ९४ जनामा एकैदिन संक्रमण पुष्टि भएको हो । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ । संक्रमितमध्ये आइसीयूमा ८१ जना  र भेन्टीलेटरमा १४ जना उपचाररत छन् । 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ४ : ४८ बजे