धनकुटा । नेकपा (एमाले) धनकुटाको साताैँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतकाे प्रयास थालिएकाे छ ।
शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणी पराजुली, निरन राई, चिन्तन तामाङ र शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेा हुन् ।
पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुकाे तर्क छ ।
जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।
प्रकाशित मिति : २४ पुस २०७८, शनिबार १ : २१ बजे
प्रतिक्रिया