राष्ट्रपति भवनमा घटस्थापना

अध्यक्ष प्रचण्डलाई बधाई दिन गएका सबैमा कोभिड संक्रमण

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोभिड संक्रमण पुष्टि भएको छ । 

माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ । महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन् ।

माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांशमा संक्रमण भएको छ । संक्रमित सबै नेताहरुमा एकै खालको लक्षण देखिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : १९ बजे