राष्ट्रपति भवनमा घटस्थापना

एमसीसी सम्झौता अघि बढाउन देउवाले मागे ओलीको साथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) अगाडि बढाउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग साथ माग्नुभएको छ । आज ओली निवास बालकोटमा भएको भेटघाटमा दुई नेताहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । 

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्न आग्रह समेत गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भेटका क्रममा देशको समसामयिक राजनीतिका विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताउनुभयो  ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ०१ बजे