राष्ट्रपति भवनमा घटस्थापना

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आज बालकोट जानुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने हुनुभएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न आज उहाँको निवास बालकोट जान लाग्नुभएको हो । 

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । 

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आज १०ः३० बजे बालकोट आउन लाग्नुभएको जानकारी भएको अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईँले जानकारी दिनुभयो । 

यसअघि बुधवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीसँग भेटघाट गर्नुभएको थियो । 

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको विषयलाई लिएर २३ भदौयता एमालेले सांसद बैठकमा नाराबाजी गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : १५ बजे