एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत

दाङ । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन हुनुभएको छ । 

पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आउनुभएको हो   ।तुलसीपुर उपमहानगरपालिका–१२ का स्थायी बासिन्दा बस्नेत पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

अधिवेशनबाट उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन हुनुभएको छ  । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ०९ बजे