राष्ट्रपति भवनमा घटस्थापना

प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज : रायमाझी

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताउनुभयो ।

कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गर्नुभयो । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रायमाझीले आजपनि देश एमालेकै वरपरी घुमिरहेको बताउनुभयो । ‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भन्न्ुभयो, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरी घुमिरहेको छ ।’

रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेको भएपनि पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गर्नुभयो । ‘केपी ओली लामो समय जेल बस्नुभो,’ नेता रामाझीले भन्नुभयो, ‘पछि जेलबाट निस्किए पनि मुल नेतृत्वमा रहनुभएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : ०० बजे