राष्ट्रपति भवनमा घटस्थापना

को अन्त गयो भनेर टाउको गनिरहनु पर्दैन,  जनता हामीसँगै छन् : बाँस्कोटा 

काभ्रे । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूवमन्त्री गोकुल बास्कोटाले एमाले विभाजन भयो भनेर चिन्ता गरिरहनु पर्ने अवस्था नभएको बताउनुभएको छ ।  

आज काभ्रेको धुलिखेलमा भइरहेको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्नुहुँदै बास्कोटाले एमालेमा लामो समय बसेर कुण्ठाग्रस्त मानिसहरू मात्र बाहिर गएको बताउनुभयो । ‘को कता गयो भनेर टाउको गनेर बस्नु पर्ने अवस्था छैन, युवा, महिला,विद्यार्थी र समग्र जनता हामीसँग छन् ,दाँत फुक्लएका र दिमाग फुस्किएकाहरू अन्त गए’बास्कोटाको भनाई थियो ।  

बाँस्कोटाले एमाले विभाजन भएको देखाउन नसकेपछि फुटेर गएकाहरूको कार्यक्रममा  नेपाली काग्रेंस र माओवादीले आफ्ना कार्यकर्ता पठाएर सहयोग गर्दिनु परिरहेको बताउनुभयो ।   

बास्कोटाले आगामी निर्वाचनमा काभ्रेका दुई वटा सङ्घीय र प्रदेशका चारवटै सिट एमाले एक्लैले जित्ने दाबी गर्नुभयो । आगामी चुनावमा एमालेले गरेको काम देखेर काभ्रेली जनताले पुरस्कृत गर्ने बाँस्कोटाले बताउनुभयो । ‘बाटोघाटो, मन्दिर, पुल पुलेसो हामीले जे गरेका छौ त्यो कामको हामीले पुरस्कार थाप्ने हो अरूले ढ्वाङ थाप्ने मात्र हो।’बास्कोटाले बताउनुभयो । एमाले विरुद्ध बनेको गठबन्धनलाई बास्कोटाले स्यालहरूको झुण्डको संज्ञा दिनुभयो । ‘पाँचवटा स्याल मिलेर हात्तीविरुद्ध उभिएको छन् सक्दैनन्’बास्कोटाको भनाई थियो । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ५२ बजे