रामगोपालपुरमा चुनावी चहलपहल

नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ

काठमाडौँ ।  चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५६ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाललाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  


प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ०२ बजे