ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा देउवालाई दिने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँगै भेटेरै समस्या समाधान गर्न प्रधानमन्त्री देउवालाई सुझाएको हो । 

गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नमिल्ने भन्दै संवादबाट समाधान खोज्न प्रयास गरिने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवा, संयोजक पौडेलसहित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : ०२ बजे