एमालेसँग जनताको रक्षाकवच छ,आगागी निर्वाचन पछि झन् शक्तिशाली भएर सरकार बनाउने छौँ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताउनुभएको छ ।  पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्नुहुँदै ओलीले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताउनुभयो  । 

‘हामीलाई जनताको कवच प्राप्त छ’, उहाँले भन्नुभयो, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’ 

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उहाँले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाउनुभयो । 

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उहाँले सरकार जनताको पक्षमा नरहेको बताउनुभयो । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भन्नुभयो, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’ 

सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उहाँले खरो टिप्पणी गर्नुभयो । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ५३ बजे