एमाले एक्लै चुनावमा जान्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताउनुभएको छ । 

पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभएको हो । 

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गर्नुभएको छ । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिनुभयो । 

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उहाँले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताउनुभयो । 

आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : १२ बजे