एमाले मोरङमा नेतृत्वको टुंगो लाग्यो

विराटनगर । नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेको छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुनः दोहोरिने गरी सहमि भएको एक नेताले बताउनुभयो ।

उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने हुनुभएको हो ।  उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भन्नुभयो ।

उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उहाँ एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बस्नुभएको थियो ।पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उहाँलाई ल्याउने तयारी गरिएको जनाइएको छ । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उहाँलाई उपसचिव बनाउन लागिएको हो ।

उपसचिवमै  सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताउनुभयो । जिल्लामा एक सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ५१ बजे