रवि लामिछानेको आजपनि बयान लिइने

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं।काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतले उहाँमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ।

आइतबार विराटनगरबाट पक्राउ परेका उहाँलाई लगत्तै काठमाडौँ ल्याइएको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : १६ बजे