एनपीएल विरूद्वको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै आमिर अख्तरले अदालतमा मुद्वा हालेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ५९ बजे