एमाले लमजुङ जिल्ला अधिवेशनः उपमहासचिव गुरुङले सम्बोधन गर्नुहुने

लमजुङ । नेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन आजदेखि सुन्दर बजारमा सुरु हुँदैछ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि लमजुङमा भने केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

बन्दसत्र भोलि (शनिवार) बाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताउनुभयो । बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजक गरी करिब ६ सय जनाको सहभागिता रहने जनाइएकाे छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ४९ बजे