रवि लामिछानेको आजपनि बयान लिइने

मानव तस्करीको आरोप लागेका प्रदेश सांसद अधिकारी पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई मानव तस्करीको आरोप लागेको छ ।

३ जनालाई नक्कली कागजात बनाएर जापान लगेको कसुरमा अनुसन्धानका लागि आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याउने तयारी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ३९ बजे