रवि लामिछानेको आजपनि बयान लिइने

सहकारी ठगी प्रकरण

आफ्ना पार्टीका सांसद र मेयर थुनिँदा पनि अनुसन्धानलाई सहयोग गर्ने एमालेमाथि  किन प्रश्न ? 

काठमाडौं। पूर्व गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी अभियोग सम्बन्धको अनुसन्धानका लागि आइतबार चौथो पटक म्याद थपका लागि अदालतमा पेस गरिएको छ।  अनुसन्धानको क्रममा उनलाई चौथो पटक म्याद थपका लागि पेस गरिएको हो। 

तर उनलाई पेस गर्ने कास्की जिल्ला अदालत अगाडि रास्वपाका कार्यकर्ताहरूले पटकै पिच्छे प्रदर्शन गर्ने गरेका छन् । उनीहरूले केही समय पहिला त एमाले र काँग्रेसका  केही नेताहरूको नाम र फोटो लिएरै वास्तविक सहकारी ठग  उनीहरू हुन्  भन्दै सडकमा रमिता देखाए । 

  अहिले सरकार र एमाले माथि प्रश्न गर्नेको मुखमा गज्जबले बुजो लागेको छ। जब कि झन्डै आधा दर्जन एमालेका नेताहरु पनि अनुसन्धानका सिल सिलामा थुनामा छन् । चाहे उनीहरू माथि लागेको आरोप  फरक  फरक होस । 

 अहिले पछिल्लो पटक  एमालेका कोशी प्रदेशसभा सदस्य लीला बल्लभ अधिकारी माथि छानबिन गर्न एमालेले सरकारसँग माग गरेको छ र त्यो छानबिनलाई सहयोग गर्ने सार्बजनिक प्रतिबद्धता व्यक्त गरेको छ। 

एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । उनीमाथि लागेको आरोपको छानबिनको माग गर्दै एमालेको कोशी प्रदेश कमिटीले निलम्बन गरेको हो । प्रदेशको सो निर्णयलाई शनिवार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले समेत अनुमोदन गरेको छ। 

अधिकारीमाथि अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ। 

‘‘नेकपा एमाले अविचलित रूपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य  सार्बजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै,’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ  ।

आरोपको अन्तिम निरूपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा एमालेको सङ्गठित सदस्यबाट समेत निलम्बन गरिएको छ । एमालेको यो निर्णयपछि अव अधिकारी माथि  छानबिन गर्न प्रहरीलाई सजिलो भएको छ। 

त्यसै गरी कास्कीको पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ। उनी पनि एमालेको तर्फबाट निर्वाचित भएका मेयर हुन् 

इमेज सहकारीको झन्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि शनिवार पोखरा ल्याइएको हो। हिरासत म्याद थपका लागि आज उनलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविराज जोशी, लीला पछाई र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ 

अहिले एमालेका  निलम्बित सचिव टोपबहादुर रायमाझी पनि भुटानी शरणार्थी प्रकरणमा परेपछि हिरासतमा नै छन् । त्यस्तै सहकारी ठगी प्रकरणमा  एमाले  सहकारी विभागका जिम्मेवार पदबाट निलम्बन गरिएका के बि  उप्रेती पनि अनुसन्धानको सिल सिलामा   थुनामा छन् । 

तर एमालेले बिभिन्न अभियोग लागिका आफ्नो पार्टीका नेतालाई जोगायो भन्नेहरूले यो उदाहरण हेरे पुग्छ कि एमालेले कसरी जोगायो।, के ती एमाले का कार्यकर्ता थिएनन् । एमालेका एक नेताको टिप्पणी छ –गल्ती गर्ने जो सुकै नेता कार्यकर्ता होस त्यसलाई कानुनी दायरामा ल्याउनु पर्छ , । ती नेताको भनाई छ –  आफ्ना बहाल वाला सांसद  र मेयर समेत अनुसन्धानको घेरामा आउँदा एमालेले सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : १६ बजे