दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

जनकपुरधाम – सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : २५ बजे