साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हामीलाई यसको जवाफ चाहिन्छ

पाइपबाट तेल ल्याउने

पूर्व पश्चिम रेल ल्याउने 

विकासको कोणबाट सुख्खा भूमिमा

तिमी समृद्धिको भेल ल्याउने !

भन ओली यसरी प्रतिगमन गर्न पाइन्छ ?

हामीलाई यसको जवाफ चाहिन्छ ।

 

पिएन शाह र जङ्ग बहादुर जस्तै गरेर 

आफूलाई त्यही कोटीमा उभ्याउँदै

चुच्चे नक्सा जारी गर्दै देशको सीमा बिस्तार गर्न पाइन्छ ?

रोटिबेटीको सम्बन्धलाई चटक्कै भुलेर 

भूपरिवेष्टित राष्ट्रलाई उत्तर तिरबाट किन ? भू जडित बनाएको 

छिमेकीको नाकाबन्दी रुपी हतियारलाई नै सदा सदाको लागि नाकाबन्दी लगाउने गरी सन्धि सम्झौता गर्न पाइन्छ  ?

केपी ओली 

गठबन्धनलाई यसको पनि जवाफ चाहिन्छ । 

 

भिमसेन थापाले बनाएको धरहरालाई 

मेरो धराहरा म बनाउँछु भन्ने !!

देशमा सुरुङ मार्ग खन्ने ? 

गणतन्त्र को यो शैसबकालमा 

कसले बनाउन लगायो ? 

रानीको नामको पोखरी र दरबार स्कुल 

समृद्धिमा देशलाई लान खोज्नु नै भयो तिम्रो भुल 

देशको पिएम भएर यस्तो महाभुल गर्न पाइन्छ ??

हामीलाई यसको पनि जवाफ चाहिन्छ । 

 

पालिका स्तरीय अस्पताल किन बनाएको ?

सुविधा सम्पन्न फास्ट ट्र्याक र १६५ रणनैतिक सडक किन खनेको ?

दक्षिण भारतले उसको संविधान १० वर्षमा स्विकारो 

तिमीले किन ६ वर्षमा सर्वस्वीकार्य बनाएको ?

यसरी चौतर्फी विकासको लहर ल्याएर 

साँचो प्रतिपक्ष र पाटी भित्रको प्रतिपक्षलाई भयभीत पार्न पाइन्छ ? 

केपी ओली हामीलाई यसको पनि जवाफ चाहिन्छ । 

 

बालुवाटारबाट बाल्कोट पुर्‍याएऔ भन्ने ठुला स्वरेहरू

एक साथ कराउँदै भन्थे 

लोकतन्त्र सके बा ले 

बाल्कोटको बार्दलीको झ्यालमा कठै फेरि तिनै न्याय माग्न जान थाले 

 

विगतमा चुनावमा जाऊ भन्दा लोकतन्त्रमा खतरा देखेऊ 

त्यसैका विरुद्धमा लामो लामो फिराद लेखेऊ 

विद्वानहरूको समूहलाई बालकोट धाउन लगाउन पाइन्छ ?

केपी ओली हामीलाई यसको पनि जवाफ चाहिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ४ : ०७ बजे