दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ललिता निवास प्रकरण : सीआईबीले  बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौँ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ  ।

पाँच पूर्वसचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआईबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयम बिहीबार  बुझाएको हो ।

२०४९, २०६२, ६६र६७ र ६९ का विभिन्न मितिमा किर्ते कागजात र जालसाजी तथा कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवासको जग्गा भूमाफिया र तत्कालीन भोगाधिकारीले हडपेका थिए । यस प्रकारणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री उवं काग्रेंसका नेता विजयकुमार गच्छेदार समेत मुछिएका छन् । 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ३ : २८ बजे