डा.पीताम्बर शर्माको ओली लक्षित विषाक्त अभिव्यक्ति प्रति

प्रा.डा.बद्रीविशाल पोखरेल ओली सरकारले उतिबेला तुइन विस्थापित गर्न थाल्यो । यस अभियानलाई अत्यन्त उत्साहपूर्वक प्रसिद्ध गायिका भिक्षुणी आनी छोइङले सरकारलाई एक करोड व्यक्तिगत सहयोग गर्नु भयो । यसरी राम्रा काम गरेको देखेर भारी रकम सहयोग गरे वापत आनीलाई केही पठित मानवले आफ्नो कटु आलोचना गरेको उतिबेलै बताउनु भयो तर देश र जनता र जनजीविको हितलाई सर्वोपरि राखेर काम गर्दा पनि कतिपय नामका अगाडि दुई दुइवटा प्रा.डा. उपाधिधारीले ओलीलाई तथानामे दन्तबजान गरिरहेको देख्दा यो प्रा.डा.लाई नै भारी सरम हुन्छ । प्रसिद्ध पत्रकार तथा लेखक सुधीर शर्मासितको एक अन्तर्वार्तामा प्रा.डा. पीताम्बर शर्माको ओली लक्षित दुराग्रह पूर्ण अभिव्यक्ति सुनियो ।

शर्मा त ओलीलाई एमालेको प्राधिकार नेता,आफूलाई खुब जान्ने हुँ भन्ने र हामी जस्ता विज्ञलाई नै विदेश पलायनका लागि हत्ते हाल्ने युवालाई तपाईहरुले राम्ररी सम्झाउनु् प¥यो भन्दा आफैले ओलीलाई जवाफ फर्काएको बताउनु भयो । शर्माले ओलीलाई तपाईहरुले आधारभूत तथा सीमान्तीकृत जनतालाई गाँस बास र कपास तथा रोजगारी दिलाउने काम गरे युवा विदेसिँदैनन् भन्नु भयो । एक त उपयुक्र व्यवस्था रातारात हुँदैन । धान र मकै खेती पाक्न पनि छमहिना लाग्छ । गर्न खोज्दा पनि तपाईहरु नै खेदो पाइलो गर्नु हुन्छ । टीके प्रधानमन्त्री बनाउन लौरो टेक्दै जाने कालाकोटेहरु तपाईले पनि देख्नु भएकै होला । त्यसमा पनि नामका अगाडि दुईवटा भैसीका सीङ भिरेका संग्रौला थरि पनि निर्लज्ज तरिकाले टीके प्रधानमन्त्री बनाउन लागि परे । यिनलाई पैसा भए भैगयो । संसदीय मूल्य मान्यताको धज्जी लगायत जेजे उडाए पनि मतलब भएन ।

मेरा पनि अग्रज र आदरणीय व्यक्तित्व हुनुहुन्छ, प्रा. डा.पीताम्बर शर्मा । तर जतिसुकै मान्य भए पनि उहाँका अत्यन्त भ्रमित र सरासर झुटा कुरा सुन्दा खण्डन गर्न बाध्य भइयो ।
पुष्पकमल दाहाल लागभग ४० वर्ष पार्टीको विधि,विधान र पद्धति विपरीत अध्यक्ष भइरहे । अनि आफैँ मात्र पटक पटक अनेक तिकडम गरेर प्रधानमन्त्री भइरहे । यस खालको अलोकतान्त्रिक गैर जनवादी गतिविधिलाई शर्माले कहिल्यै प्राधिकार देख्नु भएन । यस विषयमा उहाँले एक अक्षर लेख्ने र बोल्ने काम गर्नु भएन । तर पार्टीको विधान अनुसार लोकतान्त्रिक विधि, पद्धति र प्रणालीबाट निर्वाचित पार्टी अध्यक्ष ओलीलाई प्राधिकार नेता शर्माले कसरी देख्नु भयो ? प्राधिकार भनेको त साम,दाम र दण्ड र भेदनीतिका माध्यमबाट पार्टी नेतृत्व हत्याउनु हो । अनि पार्टीमा स्वस्थ्य चुनावी प्रक्रियाबाट निर्वाचित ओलीलाई प्राधिकार रतन्धो रोगीले मात्र भन्न सक्छ । अर्को कुरा शर्माले पार्टी भित्र विद्रोह हुनुपर्छ पनि शर्मा भन्दै हुनुहुन्थ्यो । यो कुरा पनि एमाले लक्षित नै देखिन्छ ।
माओवादी पार्टीमा जत्तिको पार्टीभित्रको कचिङ्गल,अस्व्यस्तता र षडयन्त्र एमाले पार्टीमा खासै देखिन्न । तर पनि मन र मानसिकतामा उग्रवादको धङधङी जब्बर रहेका शर्मा एमाले र ओली लक्षित दुराग्रह पूर्ण कटुआलोचना गर्दै हुनुहन्थ्यो । वार्ताका क्रममा प्रचण्डलाई जी भन्न्ो शर्माको ओलीलक्षित अभिव्यक्ति सुन्नेलाई नै सरम लाग्ने खालको थियो ।
माक्र्सवादीहरु कुनै पनि विषय,व्यक्ति र विचारको मूल्याङ्कन अंश र समग्र जस्ता सही मापदण्डद्वारा गर्छन् तर त्यहीँ डा. पीताम्बर शर्मा एमाले र अझ ओली लक्षित आलोचना मनगढन्ते देखियो । ओलीले विद्वान्हरुलार्ई विदेश पलायन हुनबाट रोक्न युवालाई सम्झाइदिन अनुरोध गर्नु भएछ । अनि यसको जवाफ शर्माले उत्तरका लागि उत्तर दिएजस्तो देखियो । युवाहरु आफ्ने देशमा आयआर्जन उपार्जन र श्रीसम्पत्ति भएर पनि विसिएका छन् शर्माजी । तपाईले भनेजस्तो सीकमान्तीकृत र भुइँ तहका युवा धेरै काम विदेसिएका छन् । कम्तीमा प्रा.डा. भएका तपाईहरुको बोली अलि बिक्ला र युवाहरुमा देशमा नै संघर्ष गर्ने चेत पलाउला कि भनेर अनुरोध गरिएको हो । ओठे जवाफ नै लगाउनु पर्ने त कुनै कारण थिएन र छैन पनि ।
अहिले होहोरेमा विदेसिने महामारी लागेको छ । ओलीले नै केही वर्ष अघि जन्मजयन्तीका अवसरमा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई जस्ता हाम्रा अग्रज वा पुर्खा जे जस्ता द्ःख,हण्डर र ठक्कर खाए पनि देशलाई सराप्दै विदेसिएनन् र यही बसेर देशलाई अगाडि बढाउन भरमग्दुर प्रयत्न गरे भन्नु भयो । त्यसैगरी खाडी मुलुकलाई श्रम पसिना बगाएर हराभरा र सुनदर र समृद्ध बनाउने नेपालीहरुले नेपालको विकास गर्न किन सक्तैन्न् पनि ओलीले भन्न्ुा भयो । तपाईहरु त हदसम्मको कन्जुस्याई गर्नु हुँदोरहेछ । यो देशको उन्नति गर्ने कुरामा सबैको साथ र सहयोग हुनुपरेन ? एक वचन बोलेर लेखेर युवाहरुलाई सम्झाउन सकिन्न ? तपाईँले परोक्ष रुपमा सुधीर शर्मासित वार्ताका क्रममा ओली धेरै जान्ने भनेझैँ गर्नु भयो । ओलीलाई तपाईले नै धेरै पढजस्तो लागेन । तपाईहरु नामका अगाडि दुई तीन सिङ् झुण्ड्याएकालाई विद्वन् महाविद्वान् भन्नु् हुन्छ जस्तो लाग्छ । तर नयराज पन्त र उहाँका चेलाहरु ज्ञानमणि नेपाल र दिनेशराज पन्त आदिको नाम सुन्नु भएकै होला ।
तपाईहरु त चार पास र आड पास भनेर पनि हेलाहोचो गर्नुहुन्छ । तर एकथरि जागिर खान,पदोन्नति हुन सत्ता र भत्ता लागि पढ्छन् । अर्काथरि ज्ञानका लागि मात्र ज्ञान विस्तारका लागि पढिरहन्छन् । ओलीको ज्ञानको गहिराई प्राप्त गर्न तपाई हामीले हत्तपत्त सक्देनौँ । उहाँको ज्ञान तपाई हाम्रो जस्तो र जत्तिको कुनै एक क्षेत्र विधा र विषयमा मात्र रहेनछ । उहाँ ज्ञान कितावमात्र पाइन्न भन्नु हुन्छ तर हामी त्यसलाई मात्र ज्ञान प्राप्त गर्ने साधन ठान्छौँ । अझ विदेशमा पढेको उतै विद्यावारिधि गरेकालाई त हामी महानतम ठान्छौँ ।

नेपाल बुद्धिजीवी परिषद्,ले महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सासामयिक राष्ट्रिय राजनीतिक विषयमा विचार गोष्ठी गरेको थियो । कार्यक्रममा नयाँ शक्तिका रुपमा देखापरेका विद्राही पार्टी र व्यक्ति प्रति आकर्षण बढेको जस्ता विषय आधारित विचार पत्र उपर मैले नै टिप्पणी गरेको थिएँ । अधिकांशतः बरालिएको विचार पत्रको चिरफार गरिएको थियो । माओवादीले आफैँले भन्ने गरेको जनयुद्ध लहड रहरका भरमा गरी अपार जनधनको अपार क्षति गरेका अनेक तथ्य बताको थिएँ । विचार पत्रमा सालोडोलो प्रमुख पार्टी र नेताहरु बाह्य दवाव र प्रभावमा परेको जस्ता विषयलाई खारिज गर्दै एमाले अध्यक्ष ओलीले भारतीय शाषकले नेपालको संविधानमा समेट्न प्रस्तावित ७ प्रस्ताव नमानेको बताएको थिएँ । नाकाबन्दका बेला समेत चट्टानी अडान राख्ने उपर्युक्त ७ प्रस्ताव नेपालले स्वीकार गरेका भए देश उतिबेलै विखण्डनको डिलमा पुग्थ्यो भन्ने पनि उल्लेख गरेको थिएँ ।

। त्यसैले विचार पत्रमा उल्लेख गरिएको सबै पार्टी र नेतालाई सबै जोगी कान चिरा भन्नु सरासर बेइमानी हो भनिएको थियो । यस प्रसंगमा पूर्व प्रधानमन्त्री मनमोहन
अधिकारीले भारतीय समकक्षीसित सिर ठाडो पारेर पहिलो पटक सुगौली सन्धीको पुनरावलोकन गर्नु पर्ने बताएको स्मरण गराइएको थियो । यही प्रसंगमा जननायक बीपी कोइरालाले नेपाललाई सिक्किमीकरण हुन नदिन मृत्युलाई समेत पर्वाह नगरी मेलमिलाप नीति अन्तर्गत भारत प्रवासबाट स्वदेश फर्किको सन्दर्भ उल्लेख गरिएको थियो । विचार पत्रमा देशका प्रमुख पार्टीहरुले देश र जनताका हितमा
खासै काम नगरेको भन्ने विचारलाई खारेज योग्य बताउँदै ओली सरकारले आफ्नो विगत कालमा गरेका कामहरुको विवरणहरु तेस्र्याएको थिएँ ।
ती प्रमुख विवरणमा तुइन विस्थापित गरेको, भारतबाट पाइपबाट डिजल र पेट्रोल
हेटाँैडा सम्म ल्याएको र उक्त कामबाट बर्सेनि करोडौँ ढुवानी खर्च
जोगिएको,भूकम्प र सुनामी पीडित ७ लाख पचास हज्जार घरबार विहीन जनतालाई पक्की आवास बनाई हस्तान्तरण गरेको,
नेपालको प्रधानमन्त्री भारतीय प्रमको भाइ होइन स्वतन्त्र
र स्वाधीन राष्ट्रको समकक्षी मित्र हो भनेको र
तनुसार व्यवहार गरेको, सीमान्तीकृत जनतालाई
पक्का आवास हस्तान्तरण गर्ने कामको शुभारम्भ गरेको, पीच
बाटाहरु व्यापक रुपमा सम्पन्न गरेको, सुरुङ मार्ग
तीव्र गतिमा अघि बढाएको , विराटनगरमा ढलीमली गरेर
बसौँदेखि बसेको भारतीय सैन्य सिबिर ओली सरकारले मात्र
हटाउन सकेको, ओलीकालमा महँगी ३ प्रतिशत रहेको
र आर्थिक बृद्धि दर ७ प्रतिशत रहेको तथा चुच्चे नक्सा प्रकरणमा सबै राष्ट्रिय राजनीतिक शक्तिलाई एकताबद्ध गराई नैतिक दवाव र प्रभावक सिर्जना गरेको लगायतका तथ्यहरु थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : १४ बजे