एमाले रोल्पा सचिव रोकाको हृदयाघातबाट निधन

​​​​​​​रोल्पा। नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयाघातबाट निधन भएको छ।

सचिव रोकाको ४७ वर्षको उमेरमा हृदयाघात भई बुधवार निधन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । 

रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी रोल्पा जिल्ला कमिटी सचिव रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको एमाले केन्द्रीय कार्यालयले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ४९ बजे