एमाले भोलिदेखि देशभर जिल्ला अधिवेशन गर्दै, जिल्ला कमिटीका लागि तोक्यो तीन बुँदे मापदण्ड

काठमाडौँ । नेकपा (एमाले) ले भोलिदेखि देशभर एकैसाथ जिल्ला अधिवेशनहरू गर्दैछ । 

भोलिदेखि सुरु हुने जिल्ला अधिवेशनबाट एमालेका हरेक जिल्लाहरूमा नयाँ नेतृत्व चयन हुनेछन् ।

एमाले सङ्गठन विभागले भोलिदेखि सुरु हुने अधिवेशनलाई मध्यनजर गर्दै जिल्ला कमिटी सम्बन्धी तीन बुँदे मापदण्ड तय गरी ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ । 

विभागले जिल्ला कमिटीको पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ मापदण्ड बनाएको छ । 

त्यसैगरी, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको विभागले जनाएको छ । 

त्यस्तै, एकता तथा एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ को (११) अनुसारको हुनेछ बताइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ३६ बजे