यतिबेला विश्वभरि नै वैज्ञानिक समाजवादमा विश्वास राख्ने र त्यसको लागि सङ्घर्षरत जन समुदायले महान् अक्टोबर समाजवादी क्रान्तिको १०७ औँ वार्षिकोत्सव मनाइरहेका छन् । हुन पनि त्याे रुसी क्रान्तिकारी मार्क्सवादी चिन्तक तथा नेता भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा विश्वलाई नै नयाँ मोड दिने र अपूर्व प्रभाव पार्ने अनि विश्व मानव इतिहासमा यस पूर्वका सबै पूर्ववर्ती क्रान्तिहरूभन्दा गुणात्मकरुपले नै अत्यन्तै भिन्न र उन्नत स्तरको गम्भीर, गहन र गहिरो प्रभाव पार्ने क्रान्ति थियो र हो । त्यति मात्रै होइन, त्यो क्रान्ति समाजका सबैभन्दा शोषित, पीडित वर्ग र समुदायका पददलित — मजदुर किसान र समाजका अरू उत्पीडित समुदाय र क्षेत्रका जनताको त्यस्तो क्रान्ति थियो जसले क्रान्तिपछिको मानव समाजमा मानिसले मानिसलाई शोषण गर्ने कुनै स्थिति नै नरहेको बिलकुलै नयाँ समाजको निर्माण गरेको थियो । स्पष्टतः एउटा ‘शोषण मुक्त मानव समाज’ १ त्यसैले यो क्रान्ति पूर्ववर्ती क्रान्तिहरूभन्दा उच्च चरणको भिन्न र महान् क्रान्ति भएको हो । रुस र बाँकी विश्वलाई नै अपूर्व नयाँ सन्देश, उत्साह र ऊर्जा प्रदान गर्ने समाजवादी सोभियत सङ्घ नामको एउटा नयाँ समाज स्थापना गरेको थियो र विश्वमा पहिलो पटक शोषित पीडित जनताको पहल र प्रयत्नमा एउटा छुट्टै र आफ्नै बिलकुलै नयाँ शोषित पीडित वर्ग र समुदायको राज्य स्थापना गरेको थियो ।
त्यतिबेला रुसमा एकदमै निरंकुश राजतन्त्रको शासन थियो र त्यसलाई जारशाही भनिन्थ्यो । जमिनदार वर्गको त्यो जार साम्राज्यले त्यस बेलाको मध्य एसियासम्मै ढाकेको थियो । त्यतिबेलाको तथ्याङ्क अनुसार रुसमा क्रान्तिपूर्वका सबैभन्दा पछिल्लो जार शासकको अधीनमा मात्रै ८ लाख हेक्टर सबैभन्दा राम्रो देशको जमिनमाथि स्वामित्व रहेको र २८,००० ठुला जमिन्दारहरु रहेको कुरा इतिहासमा अंकित छ । ती सबैको मिलाएर ठुला साना सबै जमिन्दारहरुको स्वामित्वमा त्यतिबेलाको रुसी साम्राज्यमा १ करोड ६७ लाख ४० हजार एकड जमिन रहेको उल्लेख छ । यस्तो पुरानो सामन्ती स्थितिकासाथै औद्योगिक र खानीको क्षेत्रमा प्रवेश भएको ठुलो पुँजीवादी एकाधिकारले समेत गर्दा रुसी समाज अर्ध सामन्ती जमिनदारी प्रणालीको रूपमा खडा हुँदै गएको थियो । यद्यपि यसरी रुसमा पनि पुँजीवादको विकास तीव्र रूपमा हुँदै गएको थियो तर युरोपका अरू देशहरूसँग यसको तुलना गर्दा त्यतिबेला पनि रुस मूलतः पिछडिएको अवस्थाबाटै गुजिरहेको थियो ।
यस्तै स्थितिमा रुसी जारशाही पनि पहिलो बिश्व युद्ध९१९१४–१८० सामेल भएको थियो । बिश्वलाई आफ्ना आफ्नो स्वार्थ अनुकूल बिभाजन गर्ने त्यो एउटा बिश्वमा घटित पहिलो साम्राज्यवादी युद्ध थियो । त्यसमा जर्मनी, बेलायत, फ्रान्स र रुस आ–आफ्ना उपनिवेश र त्यहाँ भएका श्रोत सानधहरुमाथि नियन्त्रण गर्न युद्धमा होमिएका थिए । यस क्रममा जारशाहीले रुसका लाखौ लाख श्रमजीवी मजदुर किसानलाई जबर्जस्ती रुसी सेनामा भरना हुन र युद्धको अग्रिम मोर्चामा खडा भएर लड्न बाध्य तुल्याइरहेको थियो । त्यस क्रममा हजारौं हजार रुसी सीपाहीहरुले ज्यान गुमाइरहेका थिए र लगातार जर्मनीसँग हारिरहेका थिए । गरीब तप्काका पनि सबैभन्दा गरीब किसानहरु भने रुसी जमिन्दारका दास जस्तै मात्र थिए र प्रायः तिनले सधैजसो मालिकको कोर्रा खाने गर्दथे ।
यस्तो युद्ध र दासताको अन्त्यन्तै पीडादायक स्थितिमा रुसमा ब्यापक जन असन्तोष फैलिरहेको थियो । यस स्थितिबाट मुक्त हुन रुसको क्रान्तिकारी शक्ति खाशगरी रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकले जारशाही सत्ताका बिरुद्ध जन बिद्रोहको बिगुल फुक्यो र जन असन्तोषको सही नेतृत्व ग¥यो । त्यो आम जन बिद्रोहले फेब्रुअरी १९१७ मा ठूलो क्रान्तिको रुप लियो र जारशाहीको सत्तालाई पल्टाइदियो अनि त्यसको स्थानमा पूँजीवादको प्रभुत्व भएको सरकार आयो । फेब्रुअरी क्रान्ति पछि सत्तामा पुगेको शक्तिले जारशाही सत्ताको प्रतिकृयावादी तप्कासँग सम्झौताको नीति लियो र ठूला पूजीपति बर्गको हित साधन गर्ने बाटो पक्रियो । जसले गर्दा त्यो सरकारकाप्रति पनि जन असन्तोष तीब्ररुपले बढ्दै गयो, खाशगरी युद्धमा मारिएका सेना र घाइते भएका जनताका परिवारका बीचमा यो सरकार धेरै नै अप्रिय बन्न पुग्यो । यद्यपि त्यो फेब्रुअरी क्रान्तिको दौरानमा लोकप्रिय शक्तिकोरुपमा जनताका नयाँ पद्धतिहरु जस्तै सोभियतहरु – मजदुर,किसान र सैनिकहरुका सोभियतहरु – लाई एउटा शसक्त शक्तिको बिकासको पहलकोरुपमा अघि बढाएको थियो र त्यो जनताको नयाँ संयन्त्र देशका सबै प्रमुख शहरहरु र कतिपय ग्रामीण क्षेत्रमा पनि फैलिसकेको थियो ।
बोल्शेभिक पार्टी (जुन फेब्रुअरी क्रान्तिपछि कम्युनिष्ट पार्टीको रूपमा प्रकट भयो)ले श्रमजीवी जनता र सेनाका विभिन्न टुकुडीहरुका बीचमा बनेका सोभियतहरूबाट बढ्दो मात्रामा ठुलो समर्थन पाउँदै गयो । सेप्टेम्बर महिनाको अन्त्य हुँदा नहुँदै त्यो सङ्क्रमणकालीन सरकारले मजदुर, किसान र सेनाको ठुलो असन्तोषलाई झेल्नु परेको थियो । राजधानी पेत्रोग्राद र मस्को जस्ता सहरहरूमा सर्वहारा बर्गले आफ्नै सोभियतहरू खडा गरेका थिए, सैनिकहरूले सरकारको साथ दिन छोड्दै बढ्दो क्रान्तिकारी उभारको समर्थन गर्न थालेका थिए । रुसका ग्रामीण क्षेत्र भरी नै त्यतिबेला ग्रामीण किसान र कृषि मजदुरहरूले जमिनदार र तानाशाहरुको जमिन आफ्नो हातमा लिन सुरु गरिसकेका थिए । जारको सेनामा रहेका सैनिकहरूले पनि आफ्नै सोभियत खडा गर्न थालेका थिए र युद्धको अन्त्य गर्नुपर्ने र शान्ति स्थापना गर्नुपर्ने माग जोडदाररुपमा उठाइरहेका थिए । त्यस स्थितिलाई कुशलतापूर्वक नियालिरहेका निपूर्ण र कुशल मार्क्सवादी नेता लेनिनले सेनालाई सेनाको बर्दीमा यो किसानहरूकै जमात हो भनेर प्रस्ट दर्साएका थिए ।
विकसित भएको ठिक यस्तो बस्तुगत स्थितिमा बोल्शेभिक पार्टीका नेतृत्वदायी सिद्धान्तकार र मार्गदर्शक अग्रज नेता लेनिनले ठोस परिस्थितिको एकदमै ठोस विश्लेषण गर्दै देश बुर्जआ क्रान्तिको पहिलो चरणबाट दोस्रो चरणतिर अघि बढिरहेको र यो दोस्रो चरणको क्रान्तिले राज्य शक्तिलाई सर्वहारा वर्ग र गरिब किसानको सबैभन्दा विपन्न तप्काको हातमा सुम्पनु पर्दछ भन्ने प्रस्ट घोषणा र दिग्दर्शन गराएका थिए ।
अन्ततः क्रान्तिकारी बोल्शेभिक पार्टीको ‘सम्पूर्ण शक्ति सोभियतलाई प्रदान गर’ भन्ने नारा र आह्वानमा अक्टोबर २५ ९पुरानो रुसी पात्रो अनुसर नोभेम्बर ७०का दिन मजदुरहरुको सेना९रेडगार्ड० र सेनामा भएका क्रान्तिकरी सैनिकहरु केरेन्सीको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई सत्ताच्यूत गर्न अघि बढे । यस क्रममा राजधानी पेत्रोग्रादमाथि कुशलतापूर्व कब्जा गर्दै त्यो क्रान्ति सफलताकासाथ सम्पन्न भयो । अनि त्यसपछिका साताहरुमा मास्को र अन्य केन्द्रहरुमा अझैपनि जार समर्थक, भक्त र समर्पित प्रतिरोधीहरु र प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्दै क्रान्तिकारी सेनाले पूरै रुसभरीनै पुरानो जार साम्राज्य र सत्ताका अरु क्षेत्रहरुमा पनि सोभियत शक्तिको स्थापना गर्दै गयो । यसरी क्रान्तिको बिजय भयो र लेनिनको नेतृत्वमा शासन गर्ने सरकार होइन सेवा गर्ने जन कमिसार काउन्सिल स्थापना गर्ने महत्वपूर्ण मोडमा आइपुग्यो ।
संघर्षको बेला बोल्शेमिकहरुले जनतालाई भूमि, शान्ति र भोजन भन्ने नाराको वरिपरी एकताबद्ध गरेका थिए । ठीक त्यही कुरालाई मूर्त र प्रष्टरुपमा अघि बढाउन लेनिन नेतृत्वको जन कमिशार काउन्सिलले पहिलो महत्वपूर्ण कदम चाल्दै अखिल रुसी मजदुर, किसान र सैनिक प्रतिनिधिहरुको सोभियत समक्ष पहिलो पटक उच्च प्राथमिकताकासाथ भूमि र शान्ति सम्वन्धि सबैभन्दा महत्वपूर्ण आज्ञाप्ति जारी ग¥यो । यो भूमि आज्ञाप्ति जारी गरेपछि जमिन्दारहरुको सबै जमिन,चर्च र गम्बाहरुको अधिनमा रहेका जमिन र जमिनसँग सम्वन्धित सम्पत्तिहरु स्थानीय र जिल्ला स्तरीय किसान सोभियत कमिटीरुलाई सुम्पनु पर्ने नियम बनायो तदारुखताकासाथ त्यसलाई लागु ग¥यो ।
अनि सँगसँगै अर्को महत्वपूर्ण आज्ञाप्ति — ‘शान्ति सम्वन्धि आज्ञाप्ति’ले ततकाल युद्धको अन्त्य गर्न, युद्धमा संलग्न सबै सम्बद्ध देशहरुसँग शान्ति बार्ता गर्न ठोस प्रस्ताबकासाथ जोडदार अपील ग¥यो । सोभियतको नब गठित जन कमिसार काउन्सिलले कुनै क्षतिपूर्ति र बिजित या पराजित भूभागको कुनै कुरा बिना नै यस्तो शान्ति सम्झौतामा तत्कालै सहभागी हुने दृढता ब्यक्त गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्न सरकार दृढ रहेको कुरा ब्यक्त ग¥यो र यसरी शान्तिलाई उच्च प्राथमिकता दियो ।क्रान्ति सम्पन्न भएपछि बनेको पहिलो जन कमिसार काउन्सिलका यस्ता महत्वपूर्ण र आधारभूत आज्ञाप्तिका अतिरिक्त अशिक्षाको अन्त्य, प्राथमिक शिक्षा सबैलाई अनिवार्य, स्वास्थ्योपचारको सुबिधा सबैलाई तथा नयाँ समाजबादी सोभियत संघको निर्माण९यूएसएसआर० जस्ता थप कुराहरु समेत त्यो आज्ञाप्ति मार्फत प्रस्तुत ग¥यो ।
वास्तवमा जारकालीन रुस ‘बिभिन्न जातिहरुका निमित्त एउटा बन्दी गृह’ जस्तै नै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरुलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त ग¥यो र तिनलाई समाजबादी सोभियत यूनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान ग¥यो ।
तर कलिलो समाजबादी सोभियत संघले यी कुराहरु अघि बढाउन पाउदा नपाउदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरुको तीब्र प्रतिरोधको सामना गर्नुप¥यो । रुसमा एउटा जटील गृह युद्धको आगो दन्कियो । त्यसले गर्दा लाल सेनाले श्वेत सेना र प्रतिक्रान्तिकारी शक्तिहरुसँग भिड्नैपर्ने स्थिति आयो । बृटेन, जर्मनी र फ्रान्स लगायत १० वटा पूँजीवादी देशहरुले रुसको क्रान्तिबिरोधी शक्तिलाई हातहतियार र रसदपानी समेतको समर्थन र सहयोग गरिरहेका थिए । चार बर्षसम्म यस्तो घनघोर लडाई चलेपछि लालसेनाले क्रान्तिबिरोधी प्रतिकृयावादी शक्ति र श्वेत सेनामाथि बिजय हासिल ग¥यो । त्यस प्रकृयामा मजदुर किसानको भर्खरै स्थापित भएको सत्ताले अत्यन्तै ठूलो मूल्य चुकाउनु परेको थियो र अभूतपूर्व बलिदान दिनु परेको थियो ।
यो आलेखको आरम्भमा नै भनिएको छ कि यो महान समाजबादी अक्टोबर क्रान्ति बिश्वमा पहिला पहिला भएका बिभिन्न क्रान्तिहरुभन्दा भिन्न,उच्च र गुणात्मक हिसाबले नै उन्नतस्तरको क्रान्ति थियो र हो । १७८९ मा भएको प्रसिद्ध फ्रान्सेली क्रान्तिदेखि यता पनि बिश्वमा अरु ठूल्ठूाल क्रान्तिहरु हुदै र तिनले सत्ता हातमा लिदै पनि आएका हुन् । तर ती क्रान्तिहरु मार्फत पुरानो सामन्त बर्गको हातमा रहेको राज्य शक्ति बुर्जुआ बर्ग अर्थात् पूजीबादी बर्गले हस्तगत गरेको हो । यसरी पुरानो शोषक बर्गको स्थानमा नयाँ शोषक बर्ग फेर्ने रुपमा मात्र ती पुराना क्रान्तिहरु भएका थिए । तर महान अक्टोबर क्रान्ति ती क्रान्तिहरु भन्दा फरक क्रान्ति थियो र हो ।
निश्चय नै इतिहासका विभिन्न चरणमा विभिन्न ठूल्ठूला क्रान्तिकारी आन्दोलन र परिवर्तनहरू भए । उदीयमान नयाँ शोषक बर्गले पुरानो शोषक बर्गलाई सत्ताबाट विस्थापित पनि गरेको हो । यही घटना सामन्त बर्गबिरुद्ध पुँजीवादी बर्गले क्रान्ति गर्दा पनि घटेको हो । तर अक्टोबर समाजवादी क्रान्ति यस अर्थमा के फरक छ भने शोषक शासक वर्गको सत्तालाई समाप्त पारेर यो क्रान्तिले शोषित पीडित मजदुर, विपन्न किसान जो शोषक वर्गबाट हर किसिमले प्रताडित थिए तिनले शोषक वर्गको शासन सत्ता पल्टाइदिए । क्रान्ति पछि हिजोको जस्तो नयाँ शोषक वर्गको सत्ता होइन कि शोषित पीडित वर्गको सत्ता विश्वमा पहिलो पटक स्थापित र आरम्भ भयो ।हरेक किसिमले सबैभन्दा महत्त्वपूर्ण कुरा नै यही हो ।
रुसको यो महान समाजबादी क्रान्तिमा सर्बहारा श्रमजीवी बर्गको नेतृत्वदायी भूमिका रहेकोले गर्दा यो बिश्वको पहिलो समाजबादी क्रान्ति भनेर परिचित भयो । लेनिनले के प्रष्ट भनेका छन् भने क्रान्ति त्यतिबेला मात्र सम्पन्न र सफल भएको मानिने छ जति बेला पुरानो राज्य यन्त्र सबै किसिमले समाप्त हुन्छ र नयाँ राजयन्त्र स्थापित हुन्छ । ठीक यही कुरा त्यसबेला रुसमा सम्पन्न भएको थियो । जुन क्रान्तिले रुसको पुरानो सामन्ती जारशाही सत्तालाई समाप्त पारेको थियो र नब स्थापित समाजबादी सेभियत संघलाई स्थापित गरेको थियो । जुन मजदुर, बिपन्न किसान लगायत सबै बर्गीय शोषण र समाजिक उत्पीडनमा परेका बर्ग र समुदायको शासन सत्ता कायम भएको थियो । जहाँ उत्पादनका साधनहरुको समाजिककीरकण गरिन्छ र उद्योग, जमिन र कृषि तथा अन्य उत्पादनका साधनहरु राज्यको मातहतमा हुने र सबैले सामुहीक स्वामित्व ग्रहण गर्ने कुरा यसमा निहीत थियो । वास्वतमा समाजबादी उत्पादन पद्धति बिश्वमा पहिलो पटक यही सोभियत सत्ताले ब्यहारमा उतारेको र कायम गरेको हो ।वास्तवमा समाजवादी उत्पादन पद्धति विश्वमा पहिलो पटक यही सोभियत सत्ताले व्यवहारमा उतारेको र कायम गरेको हो ।
यसरी विश्वको क्रान्तिकारी आमूल परिवर्तनवादी दर्शन मार्क्सवादलाई सही किसिमले बुझ्दै, पक्रिँदै र लागु गर्दै तथा अझ विकसित गर्दै लेनिनले जुन समाजवादी सोभियत संघ विकसित गरेका थिए र स्तालिनले त्यसलाई थप अर्थ–सामाजिक आधार प्रदान गरेर अघि बढाएका थिए त्यो शोषणरहित विश्व समाज आज रहेको छैन । नेतृत्वमा आएको घोर सैद्धान्तिक विचलन र बाह्य प्रतिकृयावादी शक्तिहरूको कारण शोषित पीडित जनताको त्यो विश्वको पहिलो राज्य व्यवस्था समाप्त भयो । तर त्यसले स्थापना गरेका अर्थ–सामाजिक-सांस्कृतिक तथा राजनीतिक मानवीय मूल्य–पद्धति र क्रान्तिकारी मूल्यवान् परम्पराले आज पनि विश्वका शोषित पीडित जनतालाई आफ्नो मुक्ति र प्रगतिको निमित्त अजश्र प्रेरणा दिइरहेको छ तथा सही र रचनात्मक बाटो देखाइरहेको छ ।
प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ४ : १३ बजे
प्रतिक्रिया