झण्डै चार वर्षसम्म पदाधिकारी विहिन भएको राष्ट्रिय महिला आयोगले संवैधानिक हैसियत प्राप्त गरे पश्चात २०७७ माघ २१ गते अध्यक्ष सहित तीन जना पदाधिकारीको नियुक्ति भयो । पदाधिकारी नियूक्तिसंगै आयोगले गति प्राप्त गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुलीका अनुसार यो १०० दिनमा आयोगले झण्डै एक दर्जन नीतिगत सुधारका कामहरु गरेको छ भने ४ वटा प्रकाशनका कार्यहरु गरेको छ । यो अवधिमा आयोगले ६ वटा प्रदेशका २१ वटा जिल्लामा ३१ वटा विभिन्न किसिमका क्षमता अभिवृद्धि, जागरण र सचेतना मूलक कार्यक्रमहरु गरेको छ ।
त्यसैगरी बलात्कार पश्चात हत्या, बलात्कार, बोक्सीको आरोपमा जघण्य हिंसा, यौनहिंसा, एसिड आक्रमण लगायतका महिला हिंसाको घटनाको स्थलगत अध्ययन, ओसिएमसी, हिंसा पिडितको आश्रयस्थलहरु लगायत २० वटा फरक फरक सवालमा अध्ययन, अनुगमन र सिफारिस गरिएको छ । महिलाको अवस्था अध्ययन र नीतिगत सुधारका लागि तीनवटा फरक फरक विषयमा अध्ययन अनुसन्धानको काम भईरहेको छ ।
राष्ट्रिय महिला आयोगमा हिंसा पिडित महिलाको उजूरी संयन्त्रको रुपमा खवर गरौं ११४५ नम्बरको हेल्पलाईन सेवा चौविसै घण्टा सञ्चालनमा छ । यस सेवा मार्फत र कतिपय पिडितहरु आयोगमा आफै उपस्थित भएर उजूरी दिने समेत व्यवस्था छ ।
आयोगमा प्राप्त उजुरी, निवेदन तथा आयोगद्वारा प्रदान गरिएका सेवाहरू
अधिकतम रूपमा उजुरी भएका हिंसाका घटनाहरु
राष्ट्रिय महिला आयोग र साझेदार संस्थाहरुद्वारा प्रदान गरिएका सहयोग तथा सेवाहरू
प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १० : २६ बजे
प्रतिक्रिया