आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

शुक्रवार प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष २२ गते (बिहीबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २३ गते (शुक्रवार)
दिउँसो: 
प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने छ । 

प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने छ ।  प्रदेश १ र २ का एक–दुई स्थानमा र  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २४ गते (शनिवार)
​​​​​​​दिउँसो :
देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : १८ बजे