राष्ट्रपति भवनमा घटस्थापना

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

सप्तरी – अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए ।

तर, उनको मंसिरमा दुबईमै ज्यान गएको छ । उनका दुई छोरा र पत्नी छन् ।

-सुधा देव

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : १७ बजे