राष्ट्रपति भवनमा घटस्थापना

कोरोनाको ग्राफ उकालो लाग्दै, थप ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार २६७ जनामा परिक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २३९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०१ पुगेको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : ५९ बजे