छठको दोस्रो दिन आज ‘खरना’

सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भयो

काठमाडौं। सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारीक रुपमा दर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले तिहारअघि नै मन्त्रालयमा सूचीकृत भए पनि मंगलबार मात्रै पत्र बुझेको जानकारी दिनुभयो।

सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो।

‘नेपालको कानुन मान्न तयार भएपछि प्रतिबन्ध फुकाइएको थियो, अहिले दर्ता भयो,’ ठाकुरले भन्नुभयो, ‘अब नेपाल सरकारले तोकेका सर्त मानेर नेपालमा चल्छ।’

सञ्चार मन्त्रालयले सबै सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन भने पनि अहिलेसम्म ३ वटा मात्रै दर्ता भएका छन्। दर्ता हुनेमा भाइबर, वीटक र टिकटक रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : ०७ बजे