ग्लोबल आइएमई बैंकले मंसिर २७ गते बोलायो साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्तावित लाभांश मंसिर २७ गते पारित गर्ने भएको छ । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । बुक क्लोजको आधारमा मंसिर ६ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस वर्ष बैंकले गत वर्षको विरतणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३६ अर्ब १२ कराड ८७ लाख ७० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्मकै कम लाभांश यो वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ४९ बजे