दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबरजस्ती लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

राँझा । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबरजस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । 

अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

लुटपाटमा संलग्न उनीहरू बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।रासस

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ४० बजे