‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

महोत्तरी । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । 

जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् । 

सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले  मङ्गलवार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ । 

आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् ।

मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउनुहुन्छ । मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताउनुभयो । 

बाक्लो हुस्सु लागेपछि जाडो निकै बढेको छ । बर्दिबास, भङ्थगाहा, औरही र गौशाला नगर क्षेत्रका अधिकांश ठाउँमा भने मङ्गलवार घाम लागेको थियो । मध्य र दक्षिणवर्ती भेगमा भने बाक्लो हुस्सु लागेको छ । 

सम्सी, एकडारा, महोत्तरी र पिपरा गाउँपालिका तथा मनराशिशवा, जलेश्वर, रामगोपालपुर, बलवा, लोहारपट्टी र जलेश्वर  नगरपालिकाका विद्यालयमा  विद्यार्थीको उपस्थिति घट्दै गएको छ । रासस 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ३६ बजे