‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड सङ्क्रमित थपिए

न्युयोर्क । अमेरिकामा एकै दिन १० लाखभन्दा बढी कोभिड सङ्क्रमित थपिएका छन् । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण फैलिएसँगै कोभिड सङ्क्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार सङ्क्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । 

युनिभर्सिटीका अनुसार सङ्क्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

सङ्क्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यालय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या भने केही बढेको छ । एजेन्सी

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : ३४ बजे