दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला 

दमौली । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलवार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । 

व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यसैगरी, आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।  रासस 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : २३ बजे