काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमपात हुनसक्ने आँकलन गरिएको छ ।
बिहीबार देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रवार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक–दुई स्थानमा वर्षा पनि हुनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष २१ गते (बुधवार)
दिउँसो: देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ पौष २२ गते (बिहीबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २३ गते (शुक्रवार)
दिउँसो: प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक–दुई स्थानमा
र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती: प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति : २१ पुस २०७८, बुधबार ७ : १९ बजे
प्रतिक्रिया