प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उहाँले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्नुहुनेछ । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने तयारी छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : ०८ बजे