दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जागिरको बहानामा रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिने पक्राउ

जनकपुरधाम । प्रहरीले नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली नियुक्ति पत्र दिएर ठगी गरेको अरोपमा धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेम महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली बनौलीका ३२ वर्षीय सागरकान्त चौधरी छन् । 

चौधरीको साथबाट लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा र नेपाल रेल्वे कम्पनी लिमिटेडको नामबाट विभिन्न व्यक्तिलाई दिन राखेको नक्कली नियुक्तिपत्र बरामद भएको प्रहरीले जनाएको छ । यस्तै पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प समेत बरारमद गरिएको छ ।चौधरीमाथि धनुषा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ सीता प्यालेस होटल अगाडिबाट आइतबार बेलुका नै उनलाई पक्राउ गरिएपनि प्रहरीले आज मात्र सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : ३३ बजे