‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेपाली सेनाको प्रवक्तामा सिल्वाल

काठमाडौँ । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

उहाँ हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्छ । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : ०५ बजे