काठमाडौं । साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । ’असल शिक्षा र आत्मिकी ज्ञानको अभावले समस्या भएको हो । त्यसैले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको अवस्था बदल्न सबैको मन सफा हुनुपर्छ’,स्रष्टा खत्रीको भनाइ थियो ।
लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशन गरेको कविता संग्रहलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतको बाहुलीबाट लोकार्पण गरिएको थियो । काठमाडौंको जरङ्खु हाईटमा समाजका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतदेखि विभिन्न क्षेत्रका लब्धप्रतिष्ठितहरूको सहभागिता थियो ।
प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार ११ : ३५ बजे
प्रतिक्रिया