‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षण

अर्घाखाँची ।अर्घाखाँची प्रहरीले सवारी चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षणकाे व्यवस्था मिलाएकाे छ । मानवीय कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि चालक तथा सहचालकलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य परीक्षण गरेकाे प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

साे क्रममा एक सय ४१ जना चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गरेका थिए । त्यसमध्ये १२ जनामा स्वास्थ्य समस्या देखिएको थापाले जानकारी दिए । उनका अनुसार सात जनामा रक्तचापसम्बन्धी समस्या देखिएको छ भने पाँच जनामा आँखाको समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारको लागि अस्पताल पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

कर्यक्रममको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा उनले गाडीको जस्तै चालक तथा सहचालकको पनि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने बताए । सन्धिखर्क नगरपालिका-१ बसपार्कमा आयोजना गरिएको स्वास्थ्य परीक्षण शिविरमा उत्साहजनक रुपमा चालक तथा सहचालकको उपस्थिति थियो । 

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ३४ बजे