काठमाडौँ । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल एक खेल अघि नै क्वाटरफाइनलमा पुगेको हो ।
पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।
पूल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ । अब पूल बी को तेस्रो तथा अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच शनिबार हुने छ । यो खेल शनिबार बिहान नेपाली समय अनुसार सवा ६ बजे हुने छ ।
प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार ३ : ३८ बजे
प्रतिक्रिया