‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओली र माधव नेपालबीच सिंहदरबारमा वार्ता शुरु

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बार्ता शुरु भएको छ । प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा अहिले साँझ ६ बजेबाट वार्ता शुरु भएको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले चक्रपथलाई बताउनुभयो । दुई नेताबीच हिजो भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको उहाँले बताउनुभयो । नेकपा एमाले भित्रको विवाद मिलाउनको लागि संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल रहेका छन्।  त्यस्तै नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको बुझिएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : १० बजे