काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बागलुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौँ स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
close
प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार २ : ०६ बजे
प्रतिक्रिया