राष्ट्रपति भवनमा घटस्थापना

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । 

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ।

राती सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २१ गते (बुधबार)
दिउँसो : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आँशिक बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ पौष २२ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ३६ बजे