बञ्चरेडाँडामा बढ्यो फोहर

देशका अधिकांश भागमा मौसम सफा रहने

बेल्जियमका लागि राजदूतमा सेवा लम्साल अनुमोदन

काठमाडौ। बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। बुधबार बिहान बसेको सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकिएसँगै बुधबार उहाँको नाम अनुमोदन भएको हो। लम्सालले बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

उहाँले बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने लगायका कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँसंग परराष्ट मामालामा काम गरेको लामो अनुभव समेत छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : १८ बजे